शहिद उमेशचन्द्र थापाको स्मृती दिवस सम्पन्न



दाङ, २६ माघ । लोकतन्त्रीक आन्दोलनका प्रथम शहिद उमेशचन्द्र थापाको स्मृती दिवसमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) दाङले घोराहीमा कार्यक्रम गरेको छ ।                 पार्टी सचिव मनोहर बुढाथोकीको अध्यक्षता तथा नेकपाका केन्द्रिय सदस्य छविलाल ओलीको प्रमुख आतिथ्यतामा भएको स्मृती सभा कार्यक्रममा बोल्ने वक्ताहरुले संघिय लोकतान्त्रीक गणतन्त्र प्राप्तीको लागी शहिदहरुले गरेको त्याग र समर्पणले सम्भव तुल्याएकोमा जोड दिएका छन् ।                                              शहिदले देखेको सपना पुरा गर्ने दिशामा पार्टी पंक्ति सधैं अघी बढ्ने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य टोपेन्द्रबहादुर खत्रि, जीतेन्द्रमान नेपाली, घनश्याम पाण्डे, सरस्वती गौतम, तुलसा केसी, राममणी नेपाली, मिलन चौधरी लगायतले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नु भएको थियो । शहिद उमेशचन्द्र थापा स्मृती प्रतिष्ठानका अध्यक्ष विकिकरण गौतमले जीवनी माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेकपाका प्रदेश कमिटि सदस्य शरद अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्