नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश दोश्रो साधारणसभाद्वारा पारित समसामयिक प्रस्ताव



१– कोरोनाका कारण नेपाली पत्रकार पनि संक्रमणबाट प्रभावित भइरहकाले प्रभावकारी उपचारका लागि अग्रपंक्तिमा खट्ने पत्रकारहरुका लागि प्रदेशका सवै जिल्लामा कोभिडविरुद्धको खोपको ब्यवस्थपन गर्न यो साधारणसभा सरकारसँग माग गर्दछ ।
२.विभिन्न कारण देखउँदै पत्रकारहरुको व्यवसायीक तथा भौतिक असुरक्षा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि गम्भिर बन्न र सबै सञ्चारकर्मीलाई उचित सेवासुविधासहित पारिश्रमिक उपलब्ध गराउन सञ्चारमाध्यमहरुलाई यो साधारणसभा आग्रह गर्दछ ।
३– सरकारले विभिन्न तहमा निर्माण गरिरहेका कतिपय सञ्चार सम्बन्धि ऐन, कानून र कार्यविधी सञ्चारमाध्यम र सञ्चारकर्मी मैत्री नदेखिएको तथा संविधानमा सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रावधानसँग नबाझिने गरी गरेसञ्चारमैत्री बनाउन र त्यस्ता कानून निर्माणमा पत्रकारिता क्षेत्रका सरोकारवालाहरुको समेत छलफल गर्न यो भेला आग्रह गर्दछ ।
४–सूचना विभागबाट प्राप्त हुने कतिपय सेवा सुविधा जिल्ला हुलाक कार्यालयबाट प्रवाह गर्ने सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले नीतिगत निर्णय गरे पनि ब्यवहारतः जिल्ला हुलाकहरुलाई त्यस्तो अधिकार प्रत्यायोजन नगरी सामान्य कामका लागि पनि जिल्ला हुलाकबाट लिएका निवेदन प्रदेश र संघमा पठाउने प्रावधान राखिएकाले यस्तो अवरोध हटाएर पत्रकार र सञ्चारमाध्यमले पाउने सम्पूर्ण सेवा सुविधा सबै जिल्ला हुलाकहरुबाट पाउने गरी पूर्ण अधिकार प्रत्यायोजन गर्न यो साधारणसभा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग माग गर्दछ ।
५– स्थानीय तहका सार्वजनिक सूचनाहरु केन्द्रमा पठाउने परिपाटीका कारण स्थानीयस्तरका सूचना प्राप्त गर्ने अवसरबाट स्थानीय नागरिक वञ्चित भइरहेकाले सार्वजनिक सूचना जिल्लाबाहिर पठाउन रोकेर जिल्लाकै सञ्चारमाध्यममा समानुपातिकरुपमा वितरण गर्ने ब्यवस्था मिलाउन सबै स्थानीय तहसहित सम्बन्धित पक्षसँग यो साधारणसभा आग्रह गर्दछ ।
६– सञ्चारकर्मीको क्षमता बृद्धि तथा सञ्चारमाध्यमको गुणस्तर बृद्धिलगायतका नीति निर्माण र कार्यान्वायनका लागि प्रदेश स्तरीय आम सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न यो साधारणसभा प्रदेश सरकारसँग माग गर्दछ ।
७– लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने प्रदेशसभाको निर्णयको यो साधारणसभा हार्दिक स्वागत गर्दै प्रदेशसभा र प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । साथै प्रदेशसभा, सरकारलगायतका संरचना र सेवा यथाशीघ्र स्थायी राजधानीबाट शुरु गर्न पनि यो साधारणसभा प्रदेश सरकारसँग माग गर्दछ ।
८– लमही–घोराही–तुलसीपुर सडकलाई २०६५ सालमै मन्त्रिपरिषद् बैठकबाट सहिद कृष्णसेन इच्छुक मार्ग नामाकरण गरिए पनि यसको कार्यान्वायनमा तदारुकता नदेखाउने बरु बेलाबेला यो सडकको अरु नै नामाकरण गर्ने सरकारी निकायबाटै प्रयास गर्ने गरिएको पाइएकाले नेपाल सरकारको सो निर्णयको पुनःस्मरण गराउँदै सहिद कृष्णसेन इच्छुक मार्ग कार्यान्वायनलाई नेपालकै साझा दायित्वको रुपमा लिन राजनीतिक दल, सरकारी निकायलगायत सबैमा यो साधारणसभा आग्रह गर्दछ ।
९– पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको संकटले सबै क्षेत्र प्रभावित भइरहेको छ । यसप्रकारको उतारचढावले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिधित्विजस्ता उपलब्धि नै संकटमा पर्ने खतरा आउने भएकाले संविधानको सही कार्यान्वायन र गणतन्त्रको रक्षाका लागि यो साधारणसभा सबै पक्षलाई गम्भीर बन्न आग्रह गर्दछ ।
१०. नेपाली पत्रकारिता, पत्रकार आन्दोलन र सञ्चार क्षेत्रमा कलम चलाउँदा चलाउँदै ज्याना आभुति गर्ने सम्पूर्ण पत्रकारलाई सम्मान गर्दै उनीहरुको परिवारको गास, वास कपास, शिक्षा, स्वास्थ्यको ग्यारेन्ट गर्न यो साधारण सभा गम्भिर माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्