म क्रान्तिकारी कमन्युष्टहरुको एकताको पक्षमा छु – महरा



काठमाडौं ।पूर्व सभामुख कृष्णबहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्तिकारी कमन्युष्टहरुको एकताको पक्षमामा रहेको बताएका छन ।
पछिल्लो समय नेपालको राजनीति घटनाक्रम अस्वाभाविक तरिकाले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रति बिचलित नहुन उनले समग्र नेपाली जनतालाई आग्रह गरेका छन ।

लामो समयको परिवर्तनकामी आन्दोलन पछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दृष्टान्त बताउदै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नुको साटाे  शक्तिको मोहमा देशको संविधानलाई नै अवज्ञा गर्नु नेतृत्वको ठूलो भुल भएको बताएका छन ।

नेपालमा कमन्युष्ट आन्दोलनमा लागेर राजनीति गर्ने सम्पूर्ण दलहरुको ध्रुवीकरण पछि एउटै बिशाल कम्युनिष्ट पार्टी निर्माण गर्नेमा  भए पनि विभिन्न प्राबिधिक कारणले पार्टी एकता भाँडिएको र अब पुनः नेपालका क्रान्तिकारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ ।

पछिल्लो समय सामाजिक संजालहरुमा आफू एमालेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रति गुनासो गर्दै महराले कपोलकल्पित र भ्रमात्मक खबर प्रसारण गरेर जनतालाई दिगभ्रमित पार्नु पनि अपराध भएको बताए ।

आफू एमालेमा प्रवेश गर्न लागेको खबर निराधार भएको बताउदै बरु अलग अलग पार्टीको रुपमा रहेका विभिन्न क्रान्तिकारी शक्तिहरु संग आन्तरिक परामर्शमा रहेको र क्रान्तिकारी शक्ति एक गराउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्