मुसिकोट क्याम्पसको तीतो अनुभूति



हरिविष्णु ओली
मध्यपश्चिम विश्वविद्यालयले जेठ १ गतेदेखि लागु हुने गरी मुसिकोट खलंगा बहुमुखी क्याम्पस,रुकुम पश्चिमको क्याम्पस प्रमुखमा नियुक्ति वैशाख २९ गते नै दिएता पनि जेठ २१ गतेका दिन २३ दिनपछि पदभार ग्रहण गर्नु भएकोमा सहकर्मी बुद्धिप्रसाद गौतमलाई वधाई ज्ञापन गर्दछु । यस विशेष समयमा निवर्तमान क्याम्पस प्रमुखले पद हस्तान्तरणको सन्दर्भमा सार्वजनिक गरेका उपलव्धीहरुका वारेमा पनि चर्चा गर्नु उपयुक्त ठानेर मैले पनि केही शव्द खर्चेको छु । गौतमजी नाटकीय ढंगले क्याम्पस प्रमुख छनौट हुनुभयो भने निवर्तमान क्याम्पसस प्रमुख काकु,बावु,भाई भतिजाको मसल पावर प्रयोग गरेर जर्वजस्ती चयन हुनुभएको थियो । उहाँ आफैले उल्लेख गरे अनुसार पाँच वर्ष सात दिन क्याम्पस प्रमुख भएर सार्वजनिक गरेका उपलव्धी हेर्दा संस्थाको शीर ठाडो होइन निहुरिएको देखिन्छ । नियमित कामकाजलाई उपलव्धी ठान्नु पिसावको न्यानो मात्र हो । हामी मध्यपश्चिम विश्वविद्यालयमा प्रवेश गर्दा नै स्वीकृत अंग्रेजीको एउटा दरवन्दी र लेखापालको एउटा दरवन्दी पनि शोधभर्ना गर्न नसक्नु, मानविकी तथा सामाजिक संकायमा पठन पाठन भैरहेको समजशास्त्र विषय र व्यवस्थापन संकायममा एउटा पनि नयाँ दरवन्दी ल्याउन नसकेको घाम जत्तिकै छर्लङ्गै कुरालाई उल्लेख नै गरिएको छैन । क्याम्पसलाई संस्थागत गर्न सक्नु भएन । उत्तराधिकारी चयनका सन्दर्भमा आम सहमति नगरी भाँजो हाल्ने काम गर्नु भयो । जस्ले गर्दा एकले अर्काको सवल पक्ष भन्दा दुर्वल पक्षको खोजी गर्ने कार्य हावी भयो । यस कार्यले निरन्तरता पाउने पायो र परिस्थिति पनि त्यतै तर्फ उन्मुख भएको छ । आम शिक्षक कर्मचारीको वृतिविकासमा महत्वपूर्ण रहेको सेवा अवधि गणना हुन सकेको छैन । त्यसका लागि के कति छलफल र संघर्ष गरियो, जानकारी नै गराईएन । जस्ले गर्दा भर्खर सेवा शुरु भएको छ । अव २५ वर्ष सेवा अवधि भएकाहरुले वढुवाको आशा नै नगरे हुने भएको छ । त्यो भन्दा वढी अवधि हुनेहरुले बेस्सरी मिहिनेत गरेर पीएचडी हासिल र अनुसन्धानमुलक लेख रचना एवं किताव प्रकाशन गर्न सकेको खण्डमा एक तह वढुवा हुने संभावना देखिन्छ,अन्यथा जीवन जागीर खाने वाहेक अरु हुने संभावना न्युन देखिन्छ । यी अत्यन्त महत्वपूर्ण र दुरगामी महत्वका काम केही पनि हुन सकेनन् । किनकी हाम्रो क्याम्पसको जिम्मेवारी बबई र वागेश्वरी सँगसँगै पर्न आउँछ । हाम्रो निर्णयलाई सवैले आशाका साथ हेरिरहेका हुन्छन् । हामी उठ्दा उठ्ने र बस्दा वस्ने स्थिति मपविमा हिजो पनि थिायो र आज पनि यथावत छ । त्यसैले नियमित कामलाई उपलव्धी ठान्नु भ्रम मात्र हो यथार्थ होइन । तैपनि निजी संस्था जस्तो झैं गरी नियमित कामकाज गरी जिम्मेवारी पुरा गरेकोमा धन्यवाद ज्ञापन गर्दछु ।
अवको प्रसंग गौतमजी र मेरो रोचक प्रनिष्पर्धा
अन्तिम चरणमा गौतमजी र मैले प्रतिष्पर्धा गरिरहेका थियौं । गौतमजीले जित्नुभयो,मैले हारें । प्रतिष्पर्धा भएपछि जित हार स्वभाविक हुन्छ । अन्तिमको छोटो सुचिमा अरु पाँच प्रतिष्पर्धीलाई उछिन्दै गौतमजी र म सेमिफाइनलको अन्तिम सुचिमा रहन सफल भयौं । अन्ततः गौतमजीलाई सफलता हात प¥यो । तर यहाँ रोचक पक्ष के छ भने हामी दुईको वीचमा शुरुदेखि नै प्रतिष्पर्धा भएको छ । मैले २०६० साल चैत्रदेखि आँशिक रुपमा शिक्षण गरिरहेको थिएँ । कान्तिपुरको संवाददाता पनि थिएँ । २०६२ सालमा तत्कालिन सञ्चालक समितिले मलाई नै वनाउने भनेर विज्ञापन गरेको थियो । कहाँ के मिलेन ? आदरणीय अध्यक्ष गोपाल जी जंग शाहले काठमाडौवाट तपाँईलाई लिएर आउनुभयो । सिधै तपाईलाई राख्न खोजेका थिए । मैले कडा चुनौति दिएर परीक्षाको माग गरें । परीक्षा भयो । मैले जितें । तपाँईले हार्नुभयो । तर टाढावाट आएको र मैले लिएको मान्छे हो भनेर अध्यक्षले भनेपछि थप दरवन्दी सिर्जना गरेर तपाँईलाई पनि राखियो । त्यसपछि प्राध्यापक संघ गठन गर्ने योजना मैले लिएपछि तपाँईले पनि दावी गर्नुभयो । तपाईको पक्षमा बहुमत जुट्यो । तपाँई सभापति चयन हुनुभयो । लगत्तै पव्लिक क्याम्पस प्राध्यापक संघको महाधिवेशन आयो । तपाँई भाग लिन जानु भएन । म सहभागी हुन गएँ । म केन्द्रीय समितिको सचिव निर्वाचित भएँ । त्यसपछिको कार्यकालमा उपमहासचिव निर्वाचित भएँ । म देशैभरि चिनिएँ । क्याम्पसलाई चिनाएँ । क्याम्पसमा दोस्रो उच्च शिक्षा परियोजनाको सी स्कीम कार्यक्रम ल्याएँ । तत्काली नेकपा(माओवादी)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र डा.बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला यस क्याम्पसलाई त्रिविको आँगिक घोषणा गरियो । लागु भएन । त्यस वापत छुट्याएको ९३्र लाख रकम विश्वविद्यालय अनुदान आयोगवाट आठ ओटा क्याम्पसलाई दामासाहीले वाँड्न लगायर मैले करीव १२ लाख रकम हाम्रो क्याम्पसको खातामा हाल्न लगााएँ । यतिवेला आँगिक क्याम्पस क्याम्पस कार्यान्वयन केन्द्रीय संघर्ष समितिको संयोजक थिएँ । त्यही हैसियतले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष र सचिवलाई भेटेर रकम फ्रिज हुन दिएको थिएन । यदि म र वझाङको क्याम्पसको सहायक क्याम्पस प्रमुख एर्व संघर्ष समितिको महासचिव डीवी थापा र मैले पहल नगरेको भए त्यो रकम फ्रिज हुने थियो । किनकी क्याम्पसहरु आँगिक कार्यान्वयन भएका थिएनन् । गौतमजी व्यक्तिगत जीवनमै हराउनुभयो । म सामाजिक र संस्थागत काममा चलायमान भैरहें । समयक्रमसँगै २०७५ साल भदौ ११ देखि लागु हुने गरी हाम्रो क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आँगिक भयो । स्थायी प्रयोजनको लागि परीक्षा भयो । विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा म प्रथम भएँ । गौतमजी छैटौं हुनुभयो । त्यो मेरो जित नै थियो । यस पटक विश्वविद्यालयले खुल्ला प्रतिष्पर्धावाट क्याम्पस प्रमुख छनौट गर्ने नवीन शैली अंगीकार ग¥यो । गौतमजी र मेरो प्रतिष्पर्धा कडा नै भयो । तर पनि यस प्रतिष्पर्धामा सलैखाले दिमागको प्रयोग भयो । जुन स्वभाविक पनि हो । गौतमजी सफल हुनुभयो । म असफल भएँ । तर पनि यहाँको समुदायलाई राम्ररी थाहा छ की प्रशासनिक एवं नेतृत्वकलामा गौतमजी भन्दा म अगाडी नै छु । यो मेरो दावी नै हो । म निर्धक्क र निसंकोच भन्न सक्छु । म सक्रिय हुँदा क्याम्पस चलायमान हुन्छ,म निश्क्रिय हुँदा क्याम्पस पनि गतिहिन हुन्छ । त्यो यस भन्दा अगाडीको घटनाक्रमले प्रमाणित भैसकेको छ । मैले आज भन्दा दश वर्ष अगाडी नै शिक्षामा एम.फिल.गरेको छु । अहिले जनसंख्या अध्ययन विषयमा पीएचडीको थालनी गरिसकेको छु । विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड अनुसार मेरो नम्वर पनि वढी नै हुन्छ । मेरो अन्र्तवार्ता र भिजन पेपर प्रस्तुती पनि उत्कृष्ट नै भएको हो । कता के मिलेन ? त्यसैले म छनौट भएन । किनकी मेरो दृष्टि र दिमागले रुकुम पूर्व र पश्चिम तथा कर्णाली प्रदेशसम्म भ्यायो तर सिँहदरबारसम्म भ्याएन । अहिलेको उपकुलपतिसँग मेरो पहिलेदेखि नै चिनजान भएको कारण पनि अन्यत्र दृष्टि लगाउन सकिएन । म र शेरवहादुर रायमझी नै हो उहाँलाई उपकुलपति वनाउन अभियान सञ्चालन गर्ने र ढाडस दिने । उहाँ त्रिवि जीव विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखमा असफल हुनुभएको थियो । मध्यपश्चिम क्षेत्रका हरेक वौद्धिक गतिविधिमा सक्रिय सहभागी हुने राम्रो वानीले हामीलाई निकै प्रिय लाग्नुहुन्थ्यो । प्रा.डा.भैसकेको भर्खरको युवा मान्छे । कर्णालीमा जन्मे हुर्केको । विद्यार्थी राजनीतिमा पनि केन्द्रीय पदाधिकारी भैसकेको । तपाँई लाग्नुपर्छ भन्यौं । हामीले सहयोग ग¥यौं । उहाँ सक्रियतापूर्वक लाग्नुभयो । सफल पनि हुनुभयो । शभुचिन्तक नेतृत्वमा आएपछि केही आशा राख्नु स्वभाविक मानवीय प्रवृति हो । मैले आशा गरेको थिएँ । भरोसा पनि गरेको थिएँ । तर मलाई अन्तिममा आएर छिर्के हानीदिनु भयो । यस घटनाले उपकुलपतिलाई पनि पक्कै चसक्क छोएको होला । निर्णय गलत भयो कि भन्ने महशुस भएको सूचना पनि पाएको छु । तर आची गरेर दैलो देखेको के अर्थ हुन्छ र ? यस क्याम्पसको स्थापना गर्न तत्कालिन जिल्ला पञ्चायत सदस्य मोहनलाल ओली मेरो ठुलो बुवा र जाङ गाउँ पञ्चायतको प्रधान लाल बहादुर ओलीले चन्दा दिएको कारण,मैले आफै जागीर मात्र नखाएर क्याम्पसको उन्नति प्रगतिमा योगदान दिएको कारण तथा म सवैभन्दा वरिष्ठ र स्थानीय पनि भएको कारण मैले अवसर पाउनै पर्ने हो । तर यो संस्थावाट न्याय पाइएन । खैर,ठीकै छ, हार्न नजान्नेले जित्न जान्दैन र जिताउन नजान्नेले पनि आपूmले जित्न सक्दैन भन्ने उक्तिलाई आत्मसाथ गर्र्दै मेरो सहयोग तपाँईलाई रहने नै छ । क्याम्पसको सर्वोपरी हितलाई ख्याल गर्न सक्नुभयो भने तपाईकै भविष्य उज्वल हुने हो । किनी क्याम्पस प्रमुख व्यक्ति होइन संस्था हो । संस्थाको उचाईले त्यहाँ आबद्ध व्यक्तिहरुको उचाई र मुल्य निर्धारण गर्दछ । यस घटनाले मेरो लागि सफलताको नयाँ ढोका उघारिदिएको महशुस भएको छ । जागीरलाई दाउमा राखेर भए पनि केही नयाँ काम गर्न प्रेरित भएको छु । यस घटनावाट मैले पनि ठुलै पाठ सिकेको छु । यहाँसम्म पुग्दा सहयोग गर्ने र सफल नभएकोमा सहानुभुति व्यक्त गर्ने शुभचिन्तक एवं भित्रभित्रै ठीक भयो भन्ने अशुभचिन्तकहरु सवैमा आभार व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्