को को हुँदैछन ? नयाँ मन्त्री



प्रधानमन्त्री के.पि. शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन । स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी र सञ्चार मन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीमा ज्वाला कुमारी साहलाई बनाउने तयारी भएको छ ।

नेकपाको एकता बदर भएपछि एमालेतिर लागेका माओवादी केन्द्रका दुई जनाले मन्त्री पाएका छन् । नैनकला थापालाई सञ्चार तथा ज्वाला शाहलाई कृषि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ । सञ्चारमन्त्री हुन लागेकी नैनकला निवर्तनमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् । उनी यसअघि महिला आयोगको अध्यक्ष समेत भएकी थिइन् ।

त्यस्तै ,कृषि मन्त्री बन्न लागेकी ज्वाला शाह पनि पूर्व माओवादी नेतृ हुन् । बाराको क्षेत्र नम्बर ३ क बाट उनी प्रदेशसभामा निर्वाचित भएकी थिइन् । एमालेतर्फ लागेपछि उनको सांसद पद खारेज भएको थियो ।

यसैगरी नेकपा एमालेका बरिष्ठ नेता खनाल–नेपाल समूह छोडेर अध्यक्ष केपी शर्मा ओलीतिर लागेका गणेश पहाडीले पनि मन्त्री पद पाएका छन् ।

कास्की स्थायी घर भएका गृह मन्त्रालयको जिम्मेवारी पाएका खगराज अधिकारी यसअघि स्वास्थ्य मन्त्री भएका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराउनका साथै आजै सपथ खुवाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्