अमेरिकाको बागडोर बाइडेनको



अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद् भवन (क्यापिटोल हिल) मा सपथ लिएका छन् । सन् २००८ देखि २०१६ सम्म अमेरिकाको उपराष्ट्रपति बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए ।

७८ वर्षीय बाइडेनले बुधबार पदको सपथ लिएलगत्तै आजको दिन लोकतन्त्रको, अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताए । बाइडेनले भने– ‘अमेरिकाको धेरै पटक परीक्षा भएको, हामी एक जना उम्मेद्वारको जित मनाउन होइन, प्रजातन्त्रको जित मनाइरहेका छौं ।’

पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा सहभागी सो सपथमा ट्रम्प भने बहिस्कार गरे । बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिए । उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले । ‘केही दिनअघि यहाँ भएको हिंसाले सबैलाई हल्लाइदिएको थियो, जबकी दुुई सय वर्षदेखि सत्ताको शान्तिपूर्ण हस्तान्तरण भइरहेको थियो ।’

कमला ह्यारिसले पनि लिइन् सपथ
अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले समारोहमा बाइडेनभन्दा अघि सपथ लिएकी हुन् ।
जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् ।

प्रतिक्रिया दिनुहोस्