नेपालमा पनि कोरोना विरुद्ध खोप लगाउन शुरु



माघ, १४ काठमाडौं । लामो प्रतिक्षपछि नेपालमा कोरोना भाइरसविरुद्धको खोप पुगेको छ । सो खोप लगाउन आज (वुधवार) बाट सुरु हुँदै छ ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् ।
कोरोनाविरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई दिइने नेपाल सरकारले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा विहान १० बजे खोप अभियानको शुभारम्भ गर्ने छन् ।

कोरोनाविरुद्धको खोप सुरक्षित छ भन्ने सन्देश दिन शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरेका छन् ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाउन लागिएको हो ।
खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुर्याइसकिएको छ ।

सरकार जिम्मेवार नहुने

नेपाल सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने बताएको छ। खोप लगाउने व्यक्ति भवितव्य परी केही भएमा स्वयं जिम्मेवार हुने सर्तनामा गरेर खोप लगाउन सरकारले अनुमति दिएको छ ।

खोपबाट कुनै असर भएमा थप उपचार व्यवस्थापनको लागि स्वास्थ्यकर्मीसहितको टोली खोप केन्द्रमै तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य उपचारको व्यवस्था भने सरकारले नै गरिदिने छ ।

कस्ता विरामीले यो खोप नलगाउने ?

बायाँ पाखुरामा लगाउने योा खोप लगाएपछि कसैकसैलाई लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेका, सुत्केरी, गर्भवतीहरूलाई यो खोप लगाउन नहुँने चिकित्सकहरुले भनाइ छ ?

 

प्रतिक्रिया दिनुहोस्