साउथह्याम्पटनमाथि म्यानचेस्टरको नौ गोल



लन्डन — म्यानचेस्टर युनाइटेड जितको लयमा र्फकन थालेको छ । इंग्लिस प्रिमियर लिगमा मंगलबार साउथह्याम्पटनलाई कीर्तिमानी गोल अन्तरले हराएर उसले आफ्नो जितको लयलाई निरन्तरता दिएको छ।

उसले घरेलु मैदानमा साउथ ह्याम्पटनलाई ९–० ले पराजित गर्‍यो । लिगमा यो कीर्तिमान अन्तरको जित हो । यो जितपछि ओले गन सोल्सारको टिमको ४४ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीकै बराबरी हो । तर सिटीले दुई खेल कम खेलेको छ । ओल्ड ट्रायफोर्डमा प्राप्त यस जितसँगै म्यानचेस्टरले सन् १९९५ मा इपस्विच टाउनमाथि बनाएको समान स्कोरको बराबरी गरेको छ । सन् २०१९ मा पनि लेस्टरले साउथह्याम्पटनलाई नौ गोलको अन्तरले नै हराएको थियो ।

यसपल्टको म्यानचेस्टरको जितमा एन्थोनी मार्सिएलले दुई गोल गरे भने आरोन वान, मार्कोस रसफोर्ड, जान बेडनारेक, एडिसन कभानी, स्कट म्याकटोमनी, ब्रुनो फर्नान्डेज र ड्यानिएल जेम्स एक–एक गोल गरे ।

 

प्रतिक्रिया दिनुहोस्